नेप्सेमा सामान्य अङ्कको सुधार, ७ अर्बमाथि कारोबार
पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार भने सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो।















