प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी सम्झौता
प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच इक्विटी लगानी सम्झौता भएको छ । हालै सम्पन्न भएको उक्त सम्झौतामा प्रोफेसनल एजुकेटर्सका अध्यक्ष खगेन्द्रप्रसाद ओझा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे ।















