आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति निर्माणमा जुटे गभर्नर अधिकारी, लगानीकर्तालाई खुशी पार्न ‘बकुल्ले’ चेष्टामा
यतिबेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति निर्माणमा जुटेका छन् । उनले कार्यकालको पाँच वर्ष पूरा गरेर आगामी चैतबाट अवकास लिदैछन् । गभर्नर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति साउनको पहिलो साता ल्याउनका लागि तयारीमा जुटेका छन् ।















