बैंकिङ्ग उपसमूह उच्च दरमा बढेपछि नेप्से ३००० विन्दुमा, कारोबार रकमले बनायो नयाँ रेकर्ड
साउन महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३००० विन्दमा बन्द भएको छ। बैंकिङ्ग उपसमूहको परिसूचक बढेपछि यस दिन नेप्सेले ३००० विन्दु छोएको हो। इन्ट्रा डेमा यस दिन नेप्से ३००० विन्दुभन्दा माथि पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने बिक्रीचाप बढेपछि ३००० विन्दुमा झरेको हो।















