मौद्रिक नीतिको तेस्रो समीक्षाले अटो र घरजग्गा क्षेत्रलाई राहत
घरजग्गा, अटो बजार र सेयर बजारलाई राहत हुने गरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक सार्वजनिक गरेको छ । यी क्षेत्रलाई चलायमान बनाउन यसअघि नै सरकारले घरजग्गाको कित्ताकाट गरेको, दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत सहजता गरेको थियो । ती व्यवस्थाले पनि यी क्षेत्र चलायमान हुन नसकिरहेका बेला राष्ट्र बैंकले तेस्रो त्रैमासिक व्यवस्थामार्फत थप सहन नीतिगत व्यवस्था गरेको हो ।















