राष्ट्र बैंकले भन्यो-सबै बैंकका वित्तीय सूचक सबल छन्, कुनै पनि बैंकमा समस्या छैन, निक्षेप पूर्ण रुपमा सुरक्षित छ
नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकमा समस्या नरहेकाे र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको स्पष्ट पारेको छ। पछिल्लो समय बैंक डुब्ने हल्ला फैलिएपछि केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि बैंकमा समस्या नरहेको स्पष्ट पारेको हो।









