माउन्ट एभरेष्ट पावरको आईपीओ निष्काशन तथा बिक्री खुला
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (बैशाख १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।















