जीवन, युनिक र मानुषी लघुवित्त गाभिएर 'जीवन विकास लघुवित्त'को नाममा एकीकृत कारोबार हुने
जीवन विकास लघुवित्तले युनिक नेपाल र मानुषी लघुवित्त वित्तीय संस्थालाई समेत गाभ्ने गरी त्रिपक्षीय मर्जरको प्रारम्भिक सम्झौता गरेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त बीच गत चैत १४ गते मर्जर सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो ।















