पूँजीगत लाभकर ४७ प्रतिशतले खुम्चियो
नेपाली शेयर बजारमा आएको उतारचढाव र कारोबार रकममा देखिएको मन्दीको प्रत्यक्ष असर सरकारको राजस्व सङ्कलनमा परेको छ। चालु आर्थिक वर्षको पहिलो ८ महिनाको तथ्याङ्क अनुसार शेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ४७.०७ प्रतिशतको भारी गिरावट आएको छ।















