भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, १० हजार वैदेशिक रोजगारीमा रहेका नेपालीले पाए शेयर
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीले पहिलो चरणमा सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये १० लाख कित्ता शेयर पुस ३ गतेदेखि ७ गतेसम्म बिक्री खुला गरेको थियो।















