विद्युत बिक्री आम्दानीसँगै चिलिमे हाइड्रोपावरको नाफा घट्यो
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (@CHCL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।