७२ रुपैयाँबाट काराेबार सुरु भएकाे समाज लघुवित्तकाे शेयर २ हजार नजिक पुग्याे,अब कति बढ्ला ?
पटक पटकको प्रयासमा पनि २२ सय माथि टिक्न नसकेर विगत १ महिनादेखि नेप्से परिसूचक घट्दो ट्रेन्डमा छ । बुधबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक २०२६ को विन्दुमा आएको छ । बजार घट्दो ट्रेन्डमा रहँदा पनि लघुवित्त समूह अन्तर्गतको समाज लघुवित्त भने हरेक दिन १० प्रतिशतको सर्किट लागेर बढेको बढ्यै छ । बुधबार बजार बन्द हुँदा समाज लघुवित्तको शेयर मूल्य १९७८.५० रुपैयाँमा अन्तिम कारोबार भयो ।