हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
नेपाल इन्स्योरेन्स लिमिटेड (@NICL@) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। इन्स्योरेन्सले जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।