दुई दिनमै सूचीकृत शेयरको २८ प्रतिशतसम्म कारोबार, दुई दिनमा सबैभन्दा धेरै शेयरधनी परिवर्तन हुने कम्पनी चिन्नुहोस् (सूची सहित)
बुधवार शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँको बराबरका ६ करोड ४८ लाख कित्ता शेयर किनबेच भए। यो नै अहिलेसम्मको सबैभन्दा बढी कारोबार रकम र कारोबार कित्ताको रेकर्ड हो। यस अघि यति धेरै रकमको यति धेरै कित्ता शेयर कहिल्यै कारोबार भएको थिएन।















