मध्य भोटेकोशीको सुरुङबाट पानी निस्किएपछि गुणस्तरमाथि नै प्रश्नैप्रश्न
चार वर्षमा पूरा गर्ने लक्ष्यअनुरूप ०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले ११ वर्ष बिताइसकेको छ । निर्माणमा भएको ढिलाइले आयोजनाको सुरुको लागत १२ अर्ब २८ रुपैयाँबाट वृद्धि हुँदै झन्डै २० अर्ब पुगेको छ ।













