साढे २७ अंकले बढ्यो, झण्डै ६ अर्बको सेयर कारोबार
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २७.५४ अंकले बढेर २ हजार ९२ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.३३ प्रतिशतले बढी हो । अघिल्लो दिन ४५.६९ अंकले बढेर बन्द भएको नेप्सेले सोमबार पनि सोही प्रवृति पछ्याएको हो ।















