युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासन अनुमति, साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चर बोर्डको पाइप लाइनमा
नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। बोर्डको माघ २७ गतेको निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो।















