रिलायन्सको ‘नेटवर्थ लफडा’ले सालपाको पनि सूचीकरण होल्ड, विजय र सोलुको के हुँदै छ ?
पछिल्लो समय शेयर बाँडफाँट भएका चार कम्पनीको शेयर सूचीकरणमा ढिलाइ भइरहेको छ। बुक बिल्डिङ विधिमार्फत महँगोमा आईपीओ निष्कासन गरेको रिलायन्स स्पिनिङ मिल्सको 'नेटवर्थ' र 'ओपनिङ रेन्ज' सम्बन्धी विवादले गर्दा अन्य समस्यारहित कम्पनीको सूचीकरण समेत होल्ड हुन पुगेको छ।















