सेबोनका कर्मचारीहरुको आन्दोलन २१ औं दिन पनि जारी, सबै काम ठप्प
नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले सुरु गरेको आन्दोलन २१औं दिनसम्म पनि जारी छ । आफूहरूले खाईपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।















