राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (@RHGCL@) ले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा अब आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ।















