मुद्दतीबाट झिकेर शेयर किन्दै म्युचुअल फन्डहरु, अंकित मूल्यभन्दा माथि उक्लिन थाल्यो म्युचुअल फन्डको न्याभ
म्युचुअल फन्डहरुले निक्षेपको ब्याज दर घट्दै गएपछि बैंकमा पैसा राख्नु सट्टा शेयर बजारमै लगानी बढाउन थालेका छन् । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएका विभिन्न ४७ वटा म्युचुअल फन्डहरुको शेयर बजारमा लगानी जेठ महिनाको तुलनामा बढेको देखिएको छ ।















