होटल र बिमाको सेयर मूल्य धेरै घट्दा बढ्न सकेन नेप्से
आइतबार र सोमबार नेप्से परिसूचक सामान्य अंकले सकारात्मक भएर बन्द भए पनि यो सुधार मंगलबारसम्म पनि टिकेन । जसअनुसार ३.९० अंकले घट्दा मंगलबार समग्र नेप्से २ हजार ६ सय ५४.७५ अंकमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।















