बैकको लाभांश दर घट्यो, यस वर्ष पनि ७ बैंकका लगानीकर्ताको हात शून्य
निष्क्रिय कर्जामा भएको वृद्धिले नाफामा दबाब झेलिरहेका बैंकहरुलाई लाभांश घोषणामा पनि संकुचन देखिएको छ । नेप्सेमा सुचीकृत १९ वटा वाणिज्य बैंकमध्ये गत वर्षको नाफाबाट अहिलेसम्म १० वटा बैंकले लाभांश दिने घोषणा गरेका छन् भने ४ वटा बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन् । अझै चार वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ जसमध्ये नेपाल बैंकबाहेक कुनैको पनि लाभांश क्षमता छैन ।