पियोर इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
पियोर इनर्जी लिमिटेडले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।















