सेबोनमा हकप्रदको चाङः साढे २५ अर्ब रुपैयाँको हकप्रद निष्काशन अनुमति कुर्दै २५ कम्पनी, जलविद्युत् क्षेत्रको दबदबा
धितोपत्रको दोस्रो बजार सुस्त रहे पनि हकप्रद शेयर निष्काशनको लागि साधारण सभाबाट पारित गराउने र नेपाल धितोपत्र बोर्ड जाने कम्पनीको लर्को देखिएको छ। बोर्डमा अध्यक्ष पद रिक्त हुँदा हकप्रद र आईपीओ अनुमति रोकिएको डेढ महिना भन्दा बढी समय भइसकेको छ तर सेबोनमा हकप्रद शेयरको अनुमति माग्ने कम्पनी रोकिएको छैन ।















