सबैभन्दा बढी मार्जिन कर्जा दिने बैंक कुन हो ? वाणिज्य बैंकले मात्रै दिए २२ अर्ब, अझै ११ अर्ब दिने क्षमता
दोस्रो बजारमा आफूसित भएको रकमको भन्दा बढी शेयर किन्नु परेका लगानीकर्ताले बैंक वित्तीय संस्थाको सहयोग लिन सक्छन्। किनकि बैंक वित्तीय संस्थाले शेयर धितो राखेर लगानीकर्तालाई मार्जिन नेचर लोन उपलब्ध गराउँछन्।















