प्राधिकरणले फिर्ता पायो यूटीएललाई दिएको ४० करोड
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम (यूटीएल) लाई सूचना महामार्ग परियोजनाका लागि अग्रिम रूपमा उपलब्ध गराएको ४० करोड रुपैयाँ अन्ततः फिर्ता पाएको छ । पाँच वर्षअघि यूटीएलसँग परियोजनाको सम्झौता खारेज गर्दा नै प्राधिकरणले बैंक ग्यारेन्टी बसेको कुमारी बैंकलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । पाँच वर्षपछि त्यसको जवाफ दिँदै बैंकले प्राधिकरणको खातामा रकम जम्मा गरिदिएको हो ।