कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता
कुमारी बैंक लिमिटेड(@KBL@) र इसेवा लि. बीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाख रूपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।















