लाभांश घोषणासँगै बढ्न थाल्याे म्युचुअल फन्डको कारोबार
म्युचुअल फन्डको लाभांश घोषणासँगै यो समूहको कारोबार विस्तारै बढ्न थालेको छ । पछिल्लो समय सबैभन्दा कम कारोबार हुने र आइपीओ शेयर समेत न्यून मूल्यमा कारोबार भइरहेको समूहमा पर्दछ म्युचुअल फन्ड समूह । साधारणतया १० रुपैयाँ प्रति इकाईमा निकालेको आइपीओ समेत सूचीकरण हुँदा १० रुपैयाँ भन्दा न्यून मूल्यमा कारोबार भइरहेको थियो।















